२२ वैशाख,

बाँके अपडेट : सुनसरीको इटहरी भन्ने ठाउमा मङ्गलबार राति भएको सवारी दुर्घटनामा परेर एक प्रहरी जवानको मृत्यु भएको छ ।
पूर्व–पश्चिम लोकमार्गमा पश्चिमतर्फ आउँदै गरेको पिकअप गाडीले विपरीत दिशातर्फ जाँदै गरेको मोटरसाइकललाई ठक्कर दिँदा प्रहरी जवान ३३ वर्षीय कमलबहादुर खड्काको मृत्यु भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले बाँके अपडेटलाई जानकारी दिएका छन्।

डीएसपीका अनुसार इटहरी उपमहानगरपालिका–६ मा को १ च ७८१६ नम्बरको पिकअपले को २० प ४६८३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको उनले बताए।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रहरी जवान खड्कालाई उपचारका लागि पुर्याउनसाथ राति ९ बजेतिर बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले मृत घोषित गरेको जानकारी कार्कीले दिए । झापाको कचनकवल गाउँपालिका–६ घर भएका खड्का सुनसरीको इलाका प्रहरी कार्यालय चिमडीमा कार्यरत थिए ।

दुवै सवारी साधन र पिकअप चालक तेह्रथुमको लालीगुराँस नगरपालिका–६ का ४६ वर्षीय भगतबहादुर लिम्बूलाई नियन्त्रणमा लिएर घटनाको अनुसन्धान थालिएको डीएसपी कार्कीले बताए ।

प्रतिक्रिया

सम्बन्धित ख