२१ वैशाख,

बाँके अपडेट : बाँके कोहलपुर स्थित नेपालगञ्ज मेडिकल कलेजमा सोमबार राति र मंगलबार बिहान गरी थप ४ जनाको मृत्यु भएको छ। बाँकेका कोरोना फोकल पर्सन तेज वलीले बाँके अपडेटलाई बताएका छन्।

ओलीका अनुसार एक महिलासहित ४ जना कोरोना सं‌क्रमितको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दगोरिया ६ कैलालीका ८० वर्षीय पुरुष छन् । उनलाई वैशाख १४ गते कोरोना संक्रमण पुष्टि भएपछि १५ गते अस्पताल भर्ना गरिएको थियो । उनको सोमबार राति ११:५० मा निधन भएको हो ।

त्यस्तैगरि, नेपालगन्ज उमनपा १० स्थायी वासिन्दा ७० वर्षीया वृद्धको सोमबार राति ११: ४० मा मृत्यु भएको छ । वैशाख १८ गते अस्पताल भर्ना भएका उनको १७ गते पीसीआर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

धनगढी १८ कैलालीका ५५ वर्षीय पुरुषको पनि मंगलबार मृत्यु भएको छ । उनी वैशाख १९ गते कोरोना पुष्टि भएपछि २० गते अस्पताल भर्ना भएका थिए ।

मंगलबार बिहान बैजनाथ गाउँपालिका ५ की ६२ वर्षीया महिलाको पनि कोरोनाका कारण मृत्यु भएको छ । उनी पनि १९ गते कोरोना संक्रमण पुष्टि भएपछि वैशाख २० गते अस्पताल भर्ना गरिएको थियो ।

बाँके जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १४१ पुगेको छ। भने बाहिरी जिल्लाबाट बाँकेमा आएर मृत्यु हुनेको संख्या १२५ जना रहेको ओलीले जानकारी दिएका छन्।

कर्णाली प्रदेश अपडेट : कर्णाली प्रदेशमा कोरोना भाइरस सङ्क्रमणबाट सोमबार थप ५ जना सङ्क्रमितको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सुर्खेत वीरेन्द्रनगर नगरपालिका–१, २, १० का ५२, २६, ४० वर्षीय पुरुष र वडा नं ७ का ६३ वर्षीय महिला रहेको कर्णाली प्रदेश सुर्खेतका निमित्त निर्देशक डा. रविन खड्काले बाँके अपडेटलाई टेलिफोनमार्फत जानकारी दिएका छन् ।

डा. खड्काका अनुसार सङ्क्रमित सबैको प्रदेश अस्पताल सुर्खेतमा उपचारका क्रममा मृत्यु भएको उनले बताए ।

त्यसैगरी, दैलेख जिल्ला अस्पतालमा उपचाररत कोरोना सङ्क्रमित ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ । आइतबार सुर्खेत सिम्ता गाउँपालिका–८ का ३०, लेकबेँसी नगरपालिका–८ का ६८ र पञ्चपुरी नगरपालिका–११ का ३३ वर्षीय पुरुषको पनि प्रदेश अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

सोमबार पाँच र आइतबार तीन जनाको मृत्यु भएसँगै कर्णालीमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या ५९ पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा कर्णालीमा ५८१ जनाको पिसिआर परीक्षण गर्दा ३४७ (६० प्रतिशत) र ४४२ जनाको एन्टिजेन परीक्षण गर्दा १८० (४० प्रतिशत) मा कोरोना सङ्क्रमण पुष्टि भएको निमित्त निर्देशक डा. खड्काले बताए ।

त्यस्तै यस प्रदेशमा हालसम्म कोरोना सङ्क्रमण पुष्टि भएका नौ हजार १२८ सङ्क्रमितमध्ये पछिल्लो २४ घण्टामा ३१ जना डिस्चार्ज भएसँगै सात हजार ६२२ (८७ प्रतिशत) जना निको भएर घर फर्केका छन् । दुई हजार १९४ सङ्क्रमित प्रदेशका विभिन्न आइसोलेशनमा रहेको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख