
२० वैशाख,
बाँके अपडेट : बाँके जिल्लामा वैशाख २७ गते राति १२ बजे सम्मका लागि थप निषेधाज्ञा जारी गरिएको छ ।
कोरोना कंक्रमित बढेसँगै बाँकेमा एक साता जारी गरिएको निषेधाज्ञा, संक्रमणको जोखिम न्यून नभएको हुदा दिन प्रति दिन झन् बढेपछि वैशाख मसान्तसम्मका लागि पुनः निषेधाज्ञा जारी गरिएको छ।
निषेधाज्ञामा दैनिक उपभोग बस्तु तरकारी, खाद्य, दुध, ग्यासका पसलहरु सञ्चालन गर्न सकिने बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले बाँके अपडेटलाई जानकारी दिएका छन् ।
दिएको निर्देशन अवज्ञा, अवहेलना गर्ने वा काममा बाधा पु¥याउने व्यक्तिलाई संक्रामक रोग ऐन २०२० तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम कारबाही गरिने समेत गेलालद्धारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
थप जानकारीको लागि यो विज्ञप्तिमा हेनुहोस्