१९ वैशाख,

बाँके अपडेट : बाँके जिल्ला नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसहितको टोली सहयोगको लागि नेपालगञ्जमा आईपुगेको छ।

प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको ६ सदस्यीय टोली सहित नेपालगञ्जमा आइपुगेको हो। टोली आजैदेखि भेरी अस्पतालको कोभिड वार्डमा खटिनेछ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटिने भएको हो। इन्चार्ज गिरीसहित टोलीमा डा अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहेका छन्।

नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा एमडी टिम बनाएको छ। उक्त टिमले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्ने गर्छ। यो टिम निश्चित समयका लागि परिचालन हुने गरेको छ। डा गिरीको टोली नेपालगञ्जमा रहेर १० देखि १४ दिनसम्म भेरीमा बसेर उपचारमा सहयोग गरिने बताइएको छ।

प्रतिक्रिया

सम्बन्धित ख