१९ वैशाख,

बाँके अपडेट : पोखरामा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ । स्वाथ्यमा समस्या देखिएपछि पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र होम आइसोलेसनमा बसेका १ जना सहित ८ जनाको मृत्यु भएको हो । सात जना विभिन्न अस्पतालमा उपचारका क्रममा र एक जनाको होम आइसोलेसनमा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले बाँके अपडेटलाई जानकारी दिएका हुन् ।

शर्माका अनुसार पोखरा महानगरपालिका–१६ का ७७ वर्षीय संक्रमित पुरुषको होम आइसोलेसनमा मृत्यु भएको हो । उनमा बैशाख १६ गते कोरोना पुष्टि भएको थियो ।

यस्तैगरि ७५ वर्षीय कोरोना संक्रमित पुरुषको मेडिप्लस अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भएको हो । रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका–३ का उनलाई बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा महानगरपालिका–२६ की ५८ वर्षीय महिलाको शनिबार मणिपाल शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको भएको छ । उनमा बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वत कुश्मा नगरपालिका–५ की ७६ वर्षीय महिलाको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको भएको छ । उनलाई बैशाख १७ गते संक्रमण पुष्टि भएको थियो ।
दाङ जिल्लाको राप्ती गाँउपालिका–५ का ४३ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको भएको छ । उनमा बैशाख १५ गते संक्रमण पुष्टि भएको थियो ।

त्यसैगरी पोखरा –१६ की ७३ वर्षीय महिलाको मेडिप्लस अस्पतालमा उपचारका क्रममा मृत्यु भएको भएको छ । उनलाई बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा –१० की कोरोना महिलाको मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको भएको छ । उनमा बैशाख १६ गते संक्रमण पुष्टि भएको थियो । त्यसैगरी पोखरा–१९ का ५४ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको भएको छ ।

योसँगै गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट २ सय ३१ जनाको मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदबिन्दु शर्माले जानकारी दिएका हुन्।

प्रतिक्रिया

सम्बन्धित ख