
१९वैशाख,
बाँके अपडेट : बाँकेमा आज मात्रै ३०५ जना संक्रमितले कोरोना संक्रमणबाट निको भएर घर फर्किएका छन्।
१४ महिनाको बालक सहित १४२ जना महिला र १६३ जना पुरुष गरि जम्मा ३०५ जनाले कोरोनालाई परास्त गरि निको भई डिस्चार्ज भएको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।
ओलीका अनुसार बाँकेमा कोरोना संक्रमण बढ्नेको संख्या भन्दा निको हुने क्रम बढेर गएको बताएका छन् ।