१८ वैशाख, बाँके अपडेट : “जिल्ला प्रशासन कार्यालय बाँके अगुवाईमा तपाईको मास्क खोई अभियान” सुरु गरिएको छ ।

बाँके जिल्ला प्रशासन कार्यालय प्रमुख शिबराम गेलाल, सशस्त्र प्रहरी बल ३० नम्बरका गण प्रमुख अशोक बम र नेपाल प्रहरीका एसपी ओम राना सहितको टोलिले बाँकेमा कोरोना भाईरस उच्च जोखिम बढे पछि “तपाईको मास्क खोई” अभियान लाई तिब्रता दिएका हुन्।

लकडाउनको दोस्रो चरण सुरु भएता पनि गत वर्षको लकडाउन जस्तो यो वर्षको लकडाउनलाई आम जनताहरुले पालना समेत नगरेको र आफ्नै मनोमानित गरिएको छ । यसमा हामि सबै गम्भीर हुन जरुरि छ ।

बाँकेमा दोस्रो चरणको लकडाउन खासै प्रभावकरि हुन सकेको छैन । किन प्रभावकारी लकडाउन हुन सकेन भनेर जिल्ला प्रशासन प्रमुख शिबराम गेलाललाई प्रश्न गर्दा उनी भन्छन “भारत बाट नेपाल आउनेको मानिसको संख्या बढ्दो क्रममा रहेको र उनिहरुको ब्यवस्थापनको निम्ति लामो दुरिको सवारी साधन समेत संचालन गर्न परेको हुदा केही मानिसहरू हिडडुल गरेको जस्तो देखिएको हो । प्रहरी र प्रशासन चानाखो भइ लकडाउन पालना गर्न लागेको छ।”

सोहि अनुसार बाँकेमा कोरोना भाईरस भयावह हुदै गएको हुदा लकडाउन अबधी थपिने संकेत जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख गेलालले बाँके अपडेटलाई जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख