
१८ वैशाख,
बाँके अपडेट : कोरोना संक्रमणका कारण विराटनगर स्थित महानगरपालिकामा कार्यरत एक नगर प्रहरी हवल्दारको मृत्यु भएको छ।
विराटनगर–३ का ५७ वर्षीय नगर प्रहरी हवल्दारको नोबेल अस्पतालको आइसियुमा उपचारका क्रममा शनिवार बिहान मृत्यु भएको असपतालका प्रबन्धक नारायण दाहालले बाँके अपडेटलाई जानकारी दिएका छन्।
उनलाई पाँच दिनअघि कोरोना पुष्टि भएको थियो। श्वासप्रश्वासमा निकै समस्या देखिए पछि उनी शुक्रबार बेलुका अस्पतालमा भर्ना भएका हुन् ।