१७ वैशाख,

बाँके अपडेट :  कोरोना संक्रमणका कारण शुक्रबार दैलेखमा एक गर्भवती महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा नारायण नगरपालिका–६ की २२ वर्षीया महिला रहेको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख थिरप्रसाद रेग्मीले बाँके अपडेटलाई जानकारी दिए ।

९ महिनाकी गर्भवती रहेकी उनी बिरामी परेपछि उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो। सोहि क्रममा कोरोना परीक्षण गर्दा संक्रमण पुष्टि भएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए ।

उनको स्वास्थ्य सेवा कार्यालय दैलेखमा मृत्यु भएको हो।

उनको बच्चा हुने समय नाघिसकेकाले दैलेख अस्पतालले सुर्खेत रिफर गरेको थियो । अस्पतालले रिफर गरेको भए पनि उनी नगएको स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख रेग्मीले बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित ख