
१६ वैशाख,
बाँके अपडेट : बाँकेका प्रमुख जिल्ला अधिकारी पुर्व सि.डि.ओ. राम बहादुर कुरुबाङ्ग पुन: बाँके जिल्लाको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय प्रमुख भएर आएका छन् ।
बाँकेमा सि.डि.ओ. कार्यरत भईरहदा कैलालि जिल्लाको टिकापुर स्थित ईलाका प्रशासन कार्यालयमा सरुवा भएर गएका केही दिनमै कुरुबाङ्गको पुन: अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रिय कार्यालय नेपालगन्ज प्रमुखमा सरुवा भएर आएका छन्। कुरुबाङ्गको टिकापुर सरुवा भएपछि बाँके जिल्लाका सबै मानिसहरुले सामाजिक संजालमा केहि आफ्ना दुख पिडाहरु व्यक्त गरेका थिए। उनको बाँके मै पुन: सरुवा भएको खबरले जनतामा खुशीयाली आएको छ ।
कुरुबाङ्गसँग बाँके, बर्दिया लगायतका जिल्लामा लामो समयसम्म सि.डि.ओ. भएर कार्यरत गरेको अनुभव हुदा त्यहि भएर उनि जनताको विश्वासमा सजिलै पुगेका थिए। कुरुबाङ्ग अख्तियारमा आएपछि प्राय धेरै जसो जनताको अनुहारमा उज्यालो छाएको छ ।
बाँकेमा आइसोलेसन, क्वारेन्टाइन औषधि लगायत अत्यावश्यक समानको अभाव भइरहेको अवस्थामा अख्तियारको प्रमुख भएर पुन: आए पछि सुधारको संकेत देखिएको छ । यहाँका आम नागरिकहरुले कुरुबाङ्गलाई कार्यालय र कार्य क्षेत्र फरक भए पनि कोरोना नियन्त्रणमा लागि दिन समेत आग्रह गरे छन् ।