१६ वैशाख,

बाँके अपडेट : काठमाडौं उपत्यकामा प्रहरीले चेकजाँच कडा बनाएको छ । कोरोना महामारीका कारण जारी गरिएको निषेधाज्ञाको पहिलो दिन बिहान ४ सय ११ सवारी साधनलाई प्रहरीले होल्डमा राखिएको छ । आज बिहान मात्रै काठमाडौं, भक्तपुर र ललितपुरमा गरि ३ सय २० ओटा मोटरसाइकल, स्कुटर होल्ड गरिएको छ ।

तीनवटा जिल्लामा ९१ वटा गाडी समेत गरेर ४ सय ११ वटा सवारी साधनलाई होल्ड गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसपी) सुशील सिंह राठौरले बाँके अपडेटलाई बताएका हुन् ।

नियन्त्रणमा लिइएका सवारी साधनलाई साँझ मात्र छाडिने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । काठमाडौं जिल्लाभित्र १ सय २८ ठाउँमा सुरक्षाकर्मी परिचालन गरेर चेकजाँच गरिएको छ ।

ट्राफिक र प्रहरीको संयुक्त टिमले काठमाडौंका ४४ ठाँउमा चेकजाँच गरिरहेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी अशोक सिंहले जानकारी दिएका हुन् ।

उनका अनुसार उपत्यका भित्र होस् या बाहिरबाट आउने जाने गाडी होस बिना पास प्रवेश निषेधाज्ञा गरिएको बाँके अपडेटलाई जानकारी दिएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख