
बैशाख-१५,बाँके ।
✍️बिजय काफ्ले ।
बाँकेमा नामको मात्र लकडाउन भएको छ । साना लाई ऐन र ठुलालाई चैन भने जस्तै भएको छ बाँकेको लकडाउन ।
लकडाउन निकै खुकुलो र फितलो रहेको देखिन्छ । जमुना नाकामा लकडाउन सङै तस्करी झन झन बढेको देखिन्छ । सिमा क्षेत्रमा विशेषगरि सशस्त्र प्रहरीको निगरानी रहेको हुन्छ । तर उनिहरु कै मिलेमतो बिना मानिसहरुको आगमन र विभिन्न लाखौको बस्तुको तस्करी हुनु सम्भब छैन ।
कोरोना माहामरी सङै लकडाउनको अबस्थामा विभिन्न खालका कपडा,सुर्ती,खाद्यान्न सामानहरु भारत बाट तस्करी हुने क्रम झन बढेको देखिन्छ ।उक्त जमुना नामामा लकडानको फाइदा उठाउदै सहायक बाटोमा सशस्त्र प्रहरिको डिउटी रहदा समेत हाम्रो टिम २ दिन देखि उक्त क्षेत्रका निगरानी गरेको थियो ।निगरानी गर्दा बिशेश गरि कपडा र खाद्यान्नको तस्करी भएको भेटिएको छ । भने लकडाउन भनिएता पनि दैनिक हजारौं मानिसहरु आउने जाने गर्दा प्रहरीले आखामा कालो पट्टि बाधेर बसे झै मौन रुपमा बसेको छ ।
हाम्रो टिम पुगेको उनिहरुलाइ जानकारी हुन साथ सामान वसार पसार गरिरहेका ब्यक्तिहरु माथी समेत लाठी चार्ज गर्छन । तर हामी पत्रकार भन्ने जानकारी नहुदा खुलेआम डिउटीमा खटिएका सशस्त्र प्रहरीकै अघाडी बाट सामन तस्करि हुदा उनिहरु बिचको सेटिङ कै कारण मौन देखिन्छन । सामान वसार पसार गर्ने ब्यक्ति लाई हामीले सोधपुछ गर्दा उनि भन्छन “आज पत्रकार आएको भएर टाइट गरेको हो रे ” ।
यस बिषय उक्त सहायक बाटोमा खटिने कमाण्डर सशस्त्र प्रहरीका असइ डि.मल्ल लाई हामीले प्रश्न गर्दा उनी हाम्रो प्रश्नको उत्तर दिन आनाकानी गर्छन । र उनी भन्छन “अब कति रोक्नु सर,हामी जनशक्ति कम छौ रोक्न सकिँदैन ” ।
सोही बिषयमा उक्त भन्सार बिओपीमा कमान्ड समालेका सशस्त्र प्रहरी निरीक्षक जीवन लाल बुढाले बाँके अपडेट सङ फोन सम्पर्कमा भन्छन ” जनशक्तिको कमि भने भएको छैन , हामी जादा केही देख्दैनौ तर तपाइ जादा देख्नु भए हामी लाई खबर गर्नुहोस” भन्दै कुरा बाट पन्छिन खोज्छन । तर यस बिषयमा उक्त निरीक्षक बुढालाई जानकारी नभएको भने हैन । तस्कर र प्रहरी बिचको सेटिङ बिना यसरी खुलेआम तस्कर हुन असम्भव नै छ ।
उक्त नाका बाट दैनिक लाखौंको सामन तस्करी भइरहदा बिओपी भन्सार र ईलाका प्रहरी कार्यालय जमुनाह रमिते भइ बसेको छ । माथि सम्म नै राम्रो सेटिङ भएका कारण यसरी खुलेआम तस्करी हुदा नेपाल प्रहरी र सशस्त्र प्रहरी मुखदर्शक बनेको देखिन्छ ।
मानिसको ओहोरो दोहोरो सङै तस्कर गर्ने गिरोह सक्रिय रहेको देखिन्छ । बाँके अपडेट टिम आफै सेवा ग्राही भएर उक्त जमुना नाकामा पुग्दा उक्त नाकामा खटिने नेपाल प्रहरीका असइले चोरी बाटो लाई इङ्गित गर्दै भन्छन “यहाँ बाट हैन उता बाटो छन ; अन्त बाट जानुहोस यहाँ भिड नगर्नुहोस” । यस्तो कोरोनाको माहामारीमा सशस्त्र प्रहरी र नेपाल प्रहरीको लापरबाहीका कारण पनि कोरोना संक्रमणको बढोत्तरी भएको छ । यसरि प्रहरी नै चोरि बाटो जान प्रेरित गर्नु गलत हो ।
बाँके जिल्ला भर बैशाख १३ गते राती १२ बजे बाट लागु हुने गरि लकडाउन घोषणा गरिएको थियो । उक्त लकडाउन रहेता पनि जनताको अटेरीपन र फितलो प्रशासनका कारण उलंघन गर्नेको संख्या बढ्दो छ भने प्रशासन मौन रहेको छ ।