
बैशाख-१४,काठमाडौ ।
✍️बिजय काफ्ले ।
मेमोरी किङको नामले परिचित बिजय शाही लाई उपहार स्वरुप काठमाडौमा घर प्रदान गरिएको छ ।
काठमाडौ स्थित मनोज श्रेष्ठ नामक ब्यक्तिले शाहीको प्रतिभको कदर र सम्मान स्वरुप घर प्रदान गरेको कुरा बाँके अपडेट लाई जनाएका छन ।
मेमोरी किङ्ग बिजय शाहीले आफ्नो फेसबुक वाल मार्फत जानकारी दिएका हुन । उनी आफ्नो फेसबुक वालमा यस्तो लेख्छन “आज म एकदमै खुसी छु। मेरो क्षमताको उच्च मुल्यांकन गर्दै आदरणीय मनोज श्रेष्ठ सरले काठमाडौमा मेरो लागि घर उपलब्ध गराई ,,,आज मिति २०७८ /०१/१४ गते हस्तान्तरण गर्नु भएको छ । उहाँ प्रती उच्च सम्मान गर्दै हार्दिक आभार व्यक्त गर्न चाहान्छु।”