१४ वैशाख,

बाँके अपडेट : दाङमा यहि शुक्रवार देखि नौ दिनका लागि निषेधाज्ञा जारी गरिएको छ । कोरोना संक्रमण तीव्र रुपमा बढेपछि प्रमुख जिल्ला अधिकारी दिर्घनारायण पौडेलको अध्यक्षतामा बसेको बैठकले दाङ जिल्लाभर निषेधाज्ञा जारी गर्ने निर्णय गरेको बाँके अपडेटलाई जानकारी दिएका छन्।

अधिकारीका अनुसार यहि बैशाख १७ गते विहान ६ बजेदेखी २५ गते बेलुकी ६ बजे सम्म जिल्लाभर निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

खाद्यन्न पसलहरु विहान ६ बजेदेखी ८ बजे सम्म खुल्ने छन्, भने अत्यावश्यक सवारी साधन बाहेक अन्य यातायात सन्चालनमा समेत  रोक लगाईएको छ ।

यस बैठकले कोरोना विशेष अस्पताल बेलझुण्डि अस्पताललाई ६५ वेड र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई १०० वटा वेड बनाउने निर्णय समेत गरेको,  र तुलसीपुर, घोराही उपमहानगरपालिकाले अक्सिजन सहितको ४०/४० वेड क्षमताको आईसोलेसन प्रत्येक गाउँपालिकाले २० वटा वेड क्षमताको अक्सिजन सहितको आईसोलेसन बनाउने निर्णय समेत भएको उनले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख