
१४ वैशाख,
बाँके अपडेट : बाँके जिल्ला भरमा कोरोना संक्रमित मध्य आज ५० जना महिला र ५६ पुरुष गरि जम्मा १०६ जनाले कोरोनालाई परास्त गरि निको भई डिस्चार्ज भएको बाकेका कोरोना फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन्।
उनका अनुसार कोरोना संक्रमणबाट लड्दै आईरहेका व्यक्तिहरुको निको हुने क्रम समेत बढेर गएको बताएका छन् ।
बाँकेको भेरी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परिक्षणमा मंगलबार थप ३८३ जनामा कोरोना संक्रमण देखिएको छ ।
आइतबार संकलन गरिएका ४७६ जनाको स्वाबको नमुना जाँच गर्दा बाँके लगायत अन्य जिल्लाका गरी मंगलबार ३८३ जनामा कोरोना संक्रमण देखिएको अस्पतालले जनाएको छ । २०६ जना पुरुष र १७७ महिलामा संक्रमण पुष्टि भएको हो ।