१४ वैशाख,

बाँके अपडेट : वीरगञ्जमा मंगलबार एकैदिन थप दुई जना कोरोना संक्रमितको मृत्यु भएको छ । बाराको जीतपुर सिमरा उपमहानगरपालिका २ का ४० वर्षीया र वीरगञ्ज महानगरपालिका–२५ कि ६५ वर्षीया दुई जना महिलाको मृत्यु भएको हो ।

दुवै जनाको मृत्यु नारायणी अस्पतालको आइसोलेसन वार्डमा भएको नारायणी अस्पतालका कोभिड संयोजक डाक्टर सरोज रोशन दासले बाँके अपडेटलाई जानकारी दिएका हुन् ।

डाक्टर सरोजका अनुसार बाराकी ४० वर्षीया महिलालाई वैशाख ९ गते नारायणी अस्पतालमा उपचारका लागि ल्याइएको थियो । सोही दिन भएको पीसीआर परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार बिहान साढे १ बजेतिर उनको मृत्यु भएको थियो । कडा निमोनियाका कारण उनमा स्वासप्रश्वासको बढी समस्या देखिएको थियो ।

त्यसै गरि वीरगञ्जकी महिलालाई वैशाख १३ गते नारायणी अस्पतालमा भर्ना गरिएको थियो । एन्टिजिन विधिबाट परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा मंगलबार बिहान ३ बजे उनको मृत्यु भएको डाक्टर सरोजले बताएका छन्।

अस्पतालमा ५७ जना संक्रमित रहेकोमा ५ जना डिस्चार्ज पनि भएका छन् । बाँकी ४८ जनाको अवस्था क्रिटिकल नै रहेको डाक्टर दासले बताएका छन् । ‘अस्पतालमा भएका सबै संक्रमितलाई हाई फ्लो अक्सिजनमा राखिएको छ,’ डाक्टर दासले भने, ‘स्थिति गम्भिर नै छ ।’

प्रतिक्रिया

सम्बन्धित ख