
बैशाख-१४,बाँके ।
✍️बिजय काफ्ले
कोहलपुर नगरपालिमा क्षेत्र तथा इलाका प्रहरि कार्यालय कै परिसर मा लकडाउनको उलंघन गरेको पाइएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले एक बिज्ञप्ति जारी गर्दै बैशाख १३ गते राती १२ बजे बाट लागू हुने गरि लकडाउन घोषणा गरेको थियो । सोही अनुरुप बाँके जिल्ला भर लकडाउन रहेता पनि कुनै कडाइ तथा अनुगमन गरिएको छैन ।
खुलेआम रुपमा मानिसहरु विभिन्न माध्यमबाट जस्तै अटो,मोटरसाइकल,कार आदि साधनहरु प्रयोग गरेको तथा भिडभाड भएको दृश्य हामिले फेला पारेको छौ । ईलाका प्रहरी कार्यालय कोहलपुर कै अघाडि बाट लकडाउनको उलंघन गर्दै मानिसहरु हिड्दा समेत प्रहरी रमिते भएको छ ।
स्थानिय निकाय, प्रहरी, प्रशासन सबै मौन छन भने लकडाउनको अबस्था निकै खुकुलो छ । जिल्ला प्रशासनको निर्णय खासै लागू गरिएको देखिदैन । यसरी दिनानुदिन कोरोना संक्रमण दर र मृत्यु दर बाँकेमा बढ्दो क्रममा रहदा पनि यस्तो खुकुलो लकडाउन हुनु प्रहरी,प्रशासन र स्थानीय निकायको लापरबाही हो ।
यस बिषयमा समन्धित निकाय र आम जनता चनाखो भइ कोरोना परास्त गर्न लकडाउनको पालना गर्न र गाराउन सबै अग्रसर हुन जरुरी छ ।