
१४ वैशाख,
बाँके अपडेट : नेपालगन्जमा उपचाररत थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । पछिल्लो १२ घण्टामा बाँकेका २ जना र दाङका १ जनाको मृत्यु भएको कोरोना व्यवस्थापन कार्यालय बाँकेका फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिएका छन् ।
ओलीका अनुसार नेपालगञ्ज–३ का २६ वर्षीय पुरुषको नेपालगञ्ज नर्सिङ होमको प्रि–आइसोलेसनमा सोमबार राति ८ः३० बजे मृत्यु भएको हो । भने कोहलपुर–१ की ६० वर्षीया महिलाको भेरी अस्पतालमा मंगलबार बिहान २ः४० बजे मृत्यु भएको छ ।
यस्तै गरि दाङको तुल्सीपुरबाट उपचारका लागि नेपालगन्ज मेडिकल कलेज भर्ना भएकी ७४ वर्षीया महिलाको मंगलबार बिहान ६ः२० बजे मृत्यु भएको ओलीले जानकारी दिएका हुन्।