बैशाख-१४,
बौनिया,कैलाली ।

राजस्व अनुसन्धान कार्यालय कोहलपुरले कैलालीको बर्दगोरिया गाउँपालिका स्थित सडकपुर बौनिया बजारमा रहेको एक पसलमा छापा मारेको छ । राजस्व छली गरेको आरोपमा सोमबार बौनिया बजारमा रहेको धमाला बस्त्रालय र गोदाममा छापा मारेको हो ।

विशेष सूचनाका आधारमा कार्यालयका प्रमुख अनुसन्धान अधिकृत सरोजकुमार पोख्रेलसहितको टोलिले छापा मारेको ईलाका प्रहरी कार्यालय बौनियाका प्रमुख प्रहरी निरीक्षक भिमदत्त जोशीले जानकारी दिए । सो क्रममा गोदाममा राखिएको १०५ बोरा (एक ट्रक) कपडा बरामद गरिएको जनाईएको छ ।

बस्त्रालयले राजस्व छली गरि सामान ल्याउने गरेको विशेष सूचनाका आधारमा सोमबार पसल र गोदाममा छापा मारिएको राजस्व अनुसन्धान कार्यालयका प्रमुख अनुसन्धान अधिकृत सरोजकुमार पोख्रेलले जानकारी दिए । उनले सो क्रममा अनुसन्धानका लागि १०५ बोरा विभिन्न प्रकारका कपडाको सामान बरामद गरिएको बताए ।

हामीले विशेष सूचनाको आधारमा छापा मारेका हौ, यो अनुसन्धानकै क्रममा छ राजस्व छली गरेको हो या होइन अहिले भन्न सकिन्न तर पटकपटक सूचना प्राप्त भएपछि हामी छापा मार्न बाध्य भएका उनले भने ।

सोमबार दिनभर पनि राजस्वको टोलीले बस्त्रालतका संचालक द्वारिका धमलालाई अनुसन्धानमा सहयोग गर्न आग्रह गरेको थियो तर संचालकले विभिन्न अडचन निमत्याए र अन्तत; टोलीले प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिको रोहवरमा गोदाममा छापा हानेको जनाईएको छ । गोदामबाट बरामद गरिएको सामान भने अनुसन्धानका लागि राजस्व कार्यालयको टोलिले कोहलपुर लिएको छ ।

बाँके बाट समेत दैनिक लाखौंको कपडा विभिन्न निकायको सेटिङमा तस्करी हुँदै देशका विभिन्न जिल्लामा जाने गरेको छ । यस तर्फ समेत निकाहरु सजक हुनु जरुरी छ ।

प्रतिक्रिया

सम्बन्धित ख