१३ वैशाख,

बाँके अपडेट : बाँके जिल्लामा आजबाट एक साताको लागि निषेधाज्ञा जारी गरीएको छ । गएराती १२ बजेबाट आउँदो २० गतेसम्म लागू हुनेगरी जिल्लाभर निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले “बाँके अपडेटलाई” जानकारी गराएको छ ।

निषेधाज्ञा अवधीभर सञ्चालन गर्न नपाइने : 
वैंक तथा वित्तीय संस्था, सवारीसाधन, पसल व्यवसाय, हाटबजार सञ्चालन र अत्यावश्यक काम बाहेकको हिडडुलमा निषेध गरिएको छ।

के के सञ्चालन गर्न पाइने :
स्वास्थ्य, शान्ति सुरक्षा, विद्युत, दुरसञ्चार, खानेपानी, फोहरमैला ब्यबस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, तरकारी, खाद्य तथा दुग्ध पदार्थ, औषधि पसल, बैंकको ATM सेवा जस्ता अति अत्यावश्यक सेवाहरु एवं सार्वजनिक निर्माण कार्य, पुर्वनिर्धारीत परिक्षाहरु र हवाई सेवा सञ्चालन गर्न पाइने प्रशासनले जनाएको छ ।

सवारीसाधनको हकमा : 
एम्बुलेन्स, शवबाहन, दमकल, झण्डाबाल सवारी, निलो प्लेटका सवारीसाधन, लामो दुरीका सवारी तथा मालबाहक साधनहरु, निर्माण सामाग्री ढुवानीका साधनहरु, अतिआवश्यक सेवा सञ्चालनमा खटीएका जनशक्तिले प्रयोग गरेका सवारीसाधनहरु र अनुमती प्राप्त सवारीसाधनहरु सञ्चालन हुन पाउने छन ।

निषेधाज्ञा अवधिभर अतिआवश्यक कामबाहेक घरबाट ननिस्कन जिल्ला प्रशासन कार्यालय बाँकेले आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित ख