१३ वैशाख,

बाँके अपडेट : कोरोनाको ग्राफ ह्वात्तै बढेपछि काठमाडौं र सुर्खेतमा आवागमनमा कडाई गरिने भएको छ । मध्यान्ह उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले त्यसबारे निर्णय गरेका हुन्।

काठमान्डौका प्रमुख जिल्ला अधिकारीहरुले गृह मन्त्रालयसँगको परामर्शपछि काठमाडौंमा कडाई गर्नेबारे छलफल अगाडि बढाएका हुन् । ‘निषेधाज्ञा लगाउने वा अन्य बिधिबाट आवागमन सिमित गर्ने भन्नेबारे हामी छलफल गरेका छन् । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बाँके अपडेटसँग भने–‘सामान्य छलफल भएको छ, हामी संयुक्त बैठक बसेर निर्णय गर्छौ ।’

आवागमन सीमित गर्ने प्रस्ताव सवै प्रजिअले ड्राफ्ट गरेर ल्याउने कुरा भएको प्रजिअ पराजुलीले बताएका छन् । ‘एक–दुई दिनको समय दिएर उपत्यकामा आवागमनमा कडाइ गर्छौ ।

यसै गरि सुर्खेतमा मंगलबार (भोलि) राति १२ बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरिएको छ । जिल्ला कोरोना संकट व्यवस्थापन समितिले भोलि राति १२ बजेदेखि एक हप्ता निषेधाज्ञा लागू गर्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय सुर्खेतले बाँके अपडेटलाई जनाएको दिएको छ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले बाँके अपडेटलाई भने, ‘कोरोना नियन्त्रणभन्दा बाहिर जान थालेपछि निषेधाज्ञा जारी गर्ने निर्णय भएको हो ।

सुर्खेतमा मात्रै झन्डै ३०० बढी सक्रिय कोरोना संक्रमित रहेका छन् । भारतमा कोरोनाको अवस्था भयावह बनेसँगै रोजगारीका लागि भारत गएकाहरु धमाधम गाउँ फर्किन थालेका छन् । जसको प्रभाव कर्णाली प्रदेशमा पर्ने देखिन्छ। कर्णालीका अधिकांश नागरिकहरु रोजगारीका सिलसिलामा भारत जाने गरेका छन् । तर, रोकथामका तथा चेकजाँचमा भने खासै प्रभावकारिता प्रदेश सरकारले देखाउन सकिरहेको अवस्था छैन ।

प्रतिक्रिया

सम्बन्धित ख