
१३ वैशाख,
बाँके अपडेट : कन्चनपुर स्थित कैलालीमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । सेती प्रादेशिक अस्पतालको कोभिड अस्थायी अस्पतालमा उपचाररत टीकापुर नगरपालिका–१० का ५५ वर्षीय संक्रमितको मृत्यु भएको सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बाँके अपडेटलाई जानकारी दिए ।
उनका अनुसार वैशाख ७ गते अस्पताल भर्ना भएका ती संक्रमितमा श्वासप्रश्वास सम्बन्धी समस्या र निमोनिया रहेको उनले बताएका हुन् ।
आइतबार बिहान पनि सेती अस्पतालमै उपचाररत गोदावरी नगरपालिकाका एकजना संक्रमितको मृत्युु भएको थियो ।