
१३ वैशाख,
बाँके अपडेट : बैतडीको पाटन–खोड्पे सडकखण्ड अन्तर्गत हिरापुर भन्ने स्थानमा जन्ती सवार जिप दुर्घटना हुँदा बेहुला–बेहुलीसहित १२ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ ।
कञ्चनपुरको महेन्द्रनगरबाट जन्ती लिएर फर्किंदै गरेको सुदूरपश्चिम प्रदेशको ०१–००१ च ३७७ नम्बरको जीप आज विहान ५ः५० बजे दुर्घटना भएको हो।
दुर्घटनामा १० जना सामान्य र दुई जना गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता एवम् इन्सपेक्टर किशोर ऐरीले जानकारी दिए ।
उनका अनुसार दुर्घटनामा बेहुला–बेहुली पनि घाइते भएका छन् । उनीहरुको अवस्था सामान्य रहेको छ । घाइतेहरु सबैको बैतडीको पाटन अस्पतालमा उपचार भइरहेको उनले बताएका छन्।
जिप सडकबाट करिब एक सय मिटर तल खसेको र इलाका प्रहरी कार्यालय घटनास्थल पाटनबाट १० किलोमिटर टाढा रहेको समेत उनले जानकारी दिएका छन्।