
१२ वैशाख,
बाँके अपडेट : कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट बाँकेको नेपालगंज भेरी अस्पतालमा उपचाररत बर्दियाका एकजना पुरुषको मृत्यु भएको छ ।
बाँकेका कोरोना व्यवस्थापक फोकल पर्सन तेज ओलीका अनुसार भेरी अस्पतालमा उपचाररत बर्दियाको गुलरिया नगरपालिका–४ का ५६ वर्षीय पुरुषको आइतबार बिहान ११ः५५ बजे मृत्यु भएको बाँके अपडेटलाई जानकारी दिएका हुन।
शनिबार गरिएको पीसीआर परीक्षणमा उनको रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण देखिएसँगै अस्पताल भर्ना गरेर उपचार थालिएका उनलाई बचाउन नसकिएको अस्पतालले जनाएको छ ।
यो सँगै कोरोना संक्रमणबाट बाहिरी जिल्लाका १०३ जनाको मृत्यु भएको कोरोना व्यवस्थापक फोकल पर्सन तेज ओलीले बताए ।