
१२ वैशाख,
बाँके अपडेट : दाङमा थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । कोरोना विशेष अस्पताल बेलझुण्डीमा उपचाररत घोराही उपमहानगरपालिका-१५ का ५७ वर्षीय पुरुषको आइतबार बिहान सवा ११ बजे मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण वलीले जानकारी दिएका छन्।
उनलाई यही बैशाख २ गते कोरोना पुष्टि भएको थियो। सोही दिनदेखि उनी आइसियु कक्षमा भर्ना भएका थिए। वलीका अनुसार उनलाई निमोनिया समेत देखिएको थियो।
यससँगै बेलझुण्डी अस्पतालमा हालसम्म ११ जनाको कोरोनाबाट मृत्यु भइसकेको छ। दाङमा मात्रै कोरोनाबाट मृत्यु हुनेको संख्या ६० पुगेको स्वास्थ्य कार्यालय दाङले जनाएको छ।