१२ वैशाख,

बाँके अपडेट : बाँकेमा २४ घण्टाको अन्तरालमा कोरोना संक्रमितको थप ४ जनाको मृत्यु भएको छ ।

नेपालगञ्ज भेरी अस्पतालमा २ जना र मेडिकल कलेज कोहलपुरमा १ जनाको उपचारको क्रममा मृत्यु भएको हो भने होम आइसोलेसनमा बसेका एक जनाले आत्महत्या गरेका हुन् ।

कोहलपुर–९ बाँकेका ६० वर्षीय बमबहादुर खत्रीले आफ्नै घरमा आत्महत्या गरेका हुन्। कोरोना संक्रमणपछि होम आइसोलेसनमा बस्दै आएका खत्रीले शनिबार साँझ ६ः४५ बजे आत्महत्या गरेको प्रहरीलाई बाँकेका कोरोना व्यवस्थापन फोकल पर्सन तेज ओलीले बाँके अपडेटलाई जानकारी दिए ।

ओलीका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य थियो । २०७८ वैशाख ३ गते मेडिकल कलेज कोहलपुरमा पीसीआर परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

मेडिकल कलेजमा कोहलपुर १० बाँकेकी ३६ वर्षीया महिलाको आज विहान साढे २ बजे मृत्यु भएको हो । यही वैशाख १० गते पीसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

यसैगरी बाँकेको खजुरा–३ बस्ने ४७ वर्षीया महिलाको भेरी अस्पताल नेपालगञ्जमा मृत्यु भएको छ । यही वैशाख १ गते अस्पताल भर्ना भएकी उनको गएराति साढे १० बजे मृत्यु भएको हो ।

भेरी अस्पतालमै नेपालगञ्ज उपमहानगरपालिका–११ निवासी ६० वर्षीय पुरुषको मृत्यु भएको छ । उनको शनिबार राति साढे १० बजे मृत्यु भएको अस्पताल स्रोतले बताएका छन् । वैशाख १ गते कोरोना संक्रमण पुष्टि भएपछि सोही दिन अस्पताल भर्ना भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित ख