
बैशाख-११,बाँके ।
बाँकेको कोहलपुरमा लकडाउन लागु गरिने भएको छ । कोहलपुर नगरपालिकाको कोभिड नियन्त्रण तथा व्यवस्थापन समितिको शनिबार बसेको आकास्मिक बैठकले आईतबार राती १२ बजे देखि लागू हुनेगरि लकडाउन गर्ने निर्णय गरेको र उक्त निर्णय ड्क्क्म्क मा सिफारिस गरेको छ ।
संक्रमणको दर बढ्न थालेपछि मानिसहरुको गतिविधि रोक्न लकडाउन गर्नु परेको कोहलपुर नगरपालिकाले जनाएको छ ।कोरोनाको चेन ब्रेक गर्न लकडाउनको विकल्प नभएको बैठकले निष्कर्ष निकालेको छ ।