
बैशाख-११,बाँके ।
✍️बिजय काफ्ले
कोहलपुर नगरपालिका भ्रष्टाचार,अनियमितता र मनोमानीको पराकाष्ठा नाघेको उपमेयर सन्जु कुमारी थारुले समाजिक संजाल फेसबुकमा लेखेको स्ट्याटस बाट प्रष्ट हुन्छ ।
कोहलपुर सधै जस्तो भ्रष्टाचार भइरहने अखडा कै रुपमा चिनिने गरेको छ । सधै जस्तो कोहलपुर नगरपालिकाको बिषयमा विभिन्न संचार माध्यममा समाचार तयार भएको पाइन्छ । आम नागरिक लाई समेत सुचनाको हक हुन्छ । तर कोहलपुर नगरपालिकाले आम नागरिक देखि क्रीयासिल पत्रकारहरुले सूचनाको माग गर्दा समेत महिनौ दिन हुदा समेत अटेरी गर्दै कुनै सुचना समेत दिएको छैन ।
यसरी दिन प्रतिदिन भ्रष्टाचार र अनियमितताको नामले नै चिनिन लागेको नगपालिकामा आज सम्म कुनै नियमनकारी निकाय चनाखो भएको पनि पाइदैन । न त अख्तियर नै कुनै छानबिन गर्छ । हुन त अख्तियरले र नियमनकारी निकाय लिखित निवेदन नआएको भन्दै पन्छिन खोज्छन ।
कोहलपुर नगरपालिकाका मेयरको गणपुरक बहुमतको संख्याका कारण दम्भ देखएको समेत कोहलपुर उपमेयर आफै फेसबुकमा लेख्छिन । यसरी कर्मचारी र जनप्रतिनिधिको हालीमुहालि गर्दै जनताले तिरेको करको आफ्नो बिलासिनताको लागि प्रयोग गर्नु गलत हो ।
यस नगरपालिकामा एम्बुलेन्स एउटा पनि छैन तर एम्बुलेन्सको माग रहेको ठाउमा मेयरले बिना निर्णय आफू खुसी क्रेटा कार समेत किनेका छन । नगर सभा भएको ४ महिना बितिसक्दा समेत बिना निर्णय र बिना सर्बपक्षीय सहमति जनताले तिरेको करको दुरुपयोग गर्नु ठगी र ब्रम्हलुट हो ।यसरी कहिले बिरालो रुपि मुर्ति लाइ बाघ हो भन्दै जनताको आखामा छारो हाल्ने, बिद्धुत कै चोरी गरेको आरोप,जन पक्षीय नभएको,सुस्त र कर्मचारी दरबन्दी लुकाइ कार्यकर्ता भर्ती केन्द्र बनाएको कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत माथी व्यापक आरोप खेपिरहेका छन ।
उप मेयर कै स्ट्याट्स अनुसार मेयर को भ्रष्टाचारको पछाडी ठुलै निकाएको हात रहन सक्ने बताउछिन । सरकारि सम्पतिको बिना सहमति र निर्णय दुरुपयोग गर्नु गैरकानुनी हो ।
कोहलपुर नगरपालिकाका मेयर लुट बहादुर रावत ,प्रमुख प्रशासकिय अधिकृत छबिलाल नेपाली लगायतता सम्लग्न ब्याक्तीहरुमाथी छानबिन गरि तत्काल कानुनी दायरामा ल्याउन जरुरी छ ।