
बैशाख-९,बाँके
✍️बिजय काफ्ले
कोहलपुरमा नागरिकले तिरेको करको दुरुपयोग गर्दै बारम्बार दिउँसो बत्ती बल्छ रातमा भने अन्धकार हुने गरेको पाइएको छ ।
कोहलपुर नगरपालिका धेरै जसो विवाद र भ्रष्टाचारको अखडा रहेको नगरपालिकाको रुपमा विभिन्न तह र तप्काबाट टीका टिप्पणी भएको देखिन्छ । कोहलपुर नगरपालिकामा रातीको समयमा बाल्नको लागि जाडान गरिएको हाइमष्ट लाईट रातमा भने विभिन्न बिग्रेको बहानामा बन्द हुने गरेको तर जनताले तिरेको करमा ब्यापक लापरबाही गर्दै दिउसभारी लाइट बल्ने गरेको देखिएको छ ।
यस तर्फ नगरपालिकाको ध्यान जान सकेको छैन । जनतामुखी काम भन्दा पार्टीगत ठेक्का पट्टा र कर्मचारी दरबन्दी लुकाएर आफन्त र पार्टीका कार्यकर्ता भर्ती गर्न कोहलपुरका मेयत लुट बहादुर रावत र उप-मयेर सन्जु कुमारी थारु ब्यस्त छन ।
उक्त लाईट हालेको महिना दिन नहुदै बिग्रीएकाले कमसल लाइट हालेको समेत जनगुनासो आएको थियो । यसैगरि मेयर र उप मेयरको बिलासिनताका लागि एकटा गाडी हुदा हुँदै जनताको स्वास्थ लाई ब्यवास्था गरि एउटा पनि एम्बुलेन्स नभएको ठाउमा लाखौको बिलासी कार नगरपालिकाले खरिद गरेको छ। यसरी हरेक कार्यमा कोहलपुर बिबादास्पद नगरपालिकाको रुपमा रहेको छ । तर सबै नियमनकारी निकायहरु समेत तै चुप मै चुप को अबस्थामा छन ।