बैशाख-९,काठमाडौ ।
✍️बिजय काफ्ले

“फोन सेक्स गर्छु” भन्दै वैदेशिक रोजगारमा गएका युवालाइ ठग्ने गिरोह सक्रिय भएको पाइएको छ  ।

समाजिक संजाल फेसबुक मार्फत नक्कली आइडी बनाइ नक्कली नै फोटो हाली बिशेष गरि अमेरिका,अष्ट्रेलिया जस्ता ठुला राष्ट्रमा वैदेशिक रोजगारको लागि गएका युवाहरु लाई विभिन्न खालका यौन,कामुक कुराहरु च्याट मार्फत गर्दै प्रलोभन देखाउदै नेपाली रु.२५०० देखि लाखौ रुपैया ठग्ने गिरोह सक्रिय रहेको रहस्य बहिर आएको छ ।

एक Manesha Regmi नामक फेसबुक बाट अष्ट्रेलिया स्थित एक युवालाई विभिन्न प्रलोभन,लोभलालच देखाउदै पैसा मागेपछी उक्त युवा बाँके अपडेट मिडिया लाई समपर्क गर्छन । विभिन्न च्याट गरेका र अन्य प्रमाण बाँके अपडेट मिडियालाई उपलब्ध गराएका छन ।

यसरी उक्त आइडि मार्फत धेरै युवाहरु लाई पैसा मागेको र युवाहरूले पैसा पठाउने गरेको उक्त आइडी बाट बताइएको छ । बैंकको खाता नम्बर र नाम समेत पठाएको र बैंकमा आएको पैसाको सबै डिटेल समेत उक्त युवा लाई पठाइ “भिडियो कल र फोन सेक्स गर्ने भए तुरुन्त २५०० रुपैया हाल्नुहोस” भन्छ । तर फेसबुक आइडी मा नाम Manesha Regmi लेखिएता पनि उक्त आइडीबाट पैसा पठाउन भन्दै  नबिल बैंकको खाता नम्बर सहित राधिका शाह नाम गरेको कोटेश्वर काठमाडौको ठेगाना सहित महिलाको खाता नम्बर र नाम उपलब्ध गराउछन ।

उक्त युवाका अनुसार “धेरै युवाले पैसा पठाएको समेत मलाइ बैंक डिटेल देखाएको थियो स्कृनसर्ट गर्न नपाउदै डिलिडी भैहाल्यो ।” उक्त ठगिमा पर्न बाट बचेका युवा भन्छन “मलाई आज ठग्न खोजियो यसरी अरु युवाहरू पनि ठगी नहुन भन्नका निम्ति मैले हजुरहरुको साथ लिएको हु” ।

यसरी हजारौं युवालाइ ठगी गरेको प्रमाण समेत फेला परेको छ । उक्त प्रमाण नेपाल प्रहरीको साइबर ब्यूरोका DIG राम त्रीपाल शाह लाई जानकारी गराउदा उनले चर्को बोली गर्दै भन्छ्न  “यस्ता ठगिका कुरा जति पनि आउछन सबै हेरेर संभावना छैन , उक्त बिदेशमा रहेको युवा लाई लिखित रुपमा निबेदन दिन भन्नू अनि बल्ल हुन्छ अनुसन्धान हुन्छ नत्र भने हुदैन” भन्दै फोन काटी दिन्छन । यसरी प्रहरी कै उच्च ओदामा बसेका ब्यक्तिले गैर जिम्मेवार पुर्ण जबाफ दिनु प्रहरी संगठन कै बदनियत हो ।

वैदेशिक रोजगारमा गएका ब्यक्तिले नेपाल आएर निबेदन दिनु जुन अशम्भब पनि छ ।

मिडिमाले नै प्रमाण सहित उक्त बिषयमा जानकारी दिदा गैर जिम्मेवार पुर्ण जबाफ दिने DIG र ठगी धन्दा चलाउने गिरोलाइ तत्काल कार्बाही तथा अनुसन्धानको दायरामा ल्याउन जरुरि देखिन्छ ।

नोट: ठगी गर्ने गिरोहको सम्पुर्ण प्रमाण र DIG राम त्रीपाल शाह सङ गरिएको कल रेकर्ड बाँके अपडेट मिडिया सङ सुरक्षीत छ ।

प्रतिक्रिया

सम्बन्धित ख