बैशाख-८,बाँके।

बाँकेको नेपालगन्जमा क्षेत्रमा मात्र भोलि ९ गते बाट लागू हुने गरि एक हप्ताको लकडाउन घोषणा गरिएको छ । दैनिक जसो कोरोना संक्रमण दर र मृत्यु हुने दर बढ्दो देखिएका कारण नेपालगन्ज उप-महानगरपालिकाका मेयर डा.धवल शमशेरको बिषेश आग्रहमा लकडाउन गरिएको स्रोतले बताएको छ ।

तर Dccmc को हिजो बसेको बैठक र निर्णय बारे कोहलपुर नगरपालिका का मेयर लुट बहादुर रावत लाई कुनै जानकारी नदिएको मेयर रावतले बाँके अपडेट सङ बताएका छन । अझ मेयर रावत भन्छ्न , “हिजोको निर्णय बारे कुनै जानकारी दिइएको छैन , जानकारी दिन नखोजेको होकि नदिएको हो मलाई थाह भएन । कोहलपुरको अबस्था हेर्दा अब लकडाउन को आवस्यकता छ”

यसरी स्थानीय निकायका प्रमुख लाई नै जनकारी नगरि बाँके जिल्ला प्रमुख अधिकारीले एकल निर्णय गर्नु गलत र मनोमानी हो ।

नेपालगन्ज सङै जोडिएको कोहलपुर नगरपालिकामा समेत कोरोना संक्रमण सङै मृत्यु दर तिब्र रुपमा बढेको छ । तर, कोहलपुर नगरपालिकाले भने नाम को मात्र आइसोलेसनको ब्यवस्था गरेको छ । सबै अस्पताल र आइसोलेसन सेन्टर भरिदा समेत कोहलपुर नगरपालिकाले खेलाची गर्दै जम्मा ५ बेडको आइसोलेसन निर्माण गरेको छ । अहिले को संक्रमण दर हेर्दा उक्त आइसोलेसन बेड संख्या निकै कम हो ।

यस बिषयमा बाँके अपडेट मिडियाले कोहलपुर नगपालिकाका मेयर लुट बहादुर रावत लाई ध्यानाकर्षण समेत गराएको छ ।

प्रतिक्रिया

सम्बन्धित ख