
बैशाख-८,बाँके।
अनेरास्ववियु बाँके द्वारा कोहलपुर नगर शिक्षामा तालाबन्दी गरिएको छ । गत चैत्र २६ गते निम्न मागहरु राख्दै कोहलपुर नगर शिक्षा शाखामा ध्यानाकर्षण गराएको थियो ।
१) सम्पूर्ण शैक्षिक संस्थाहरुले लकदारनको अवधिमा लिएको शुल्क तत्काल फिर्ता गर्ने ।
२) विद्यार्थीहरुलाई पठन पाठनको समयमा कोरोना वाट स्वास्थ्य सुरक्षाको मापदण्ड नअपनाइएको शैक्षिक संस्थाहरुलाई कारबाहि गरी स्वास्थ्य सुरक्षाको मापदण्ड अनुरुप पठन पाठन संचालन गर्ने ।
३) सवारी साधनको क्षमता भन्दा बढी विद्यार्थी बोक्ने शैक्षिक संस्थालाई कारबाहि गर्ने ।
४) भौतिक मापदण्ड पुरा भएका शैक्षिक संस्थाहरुलाई मात्र अनुमती प्रदान गर्ने र भौतिक मापदण्ड पुरा
५) यस कोहलपुर नगरशिक्षाले वर्ष भरी गरेका गतीविधिहरुको प्रतिवेदन सार्वजनिक गर्ने ।
उक्त मागहरु पूरा नगरिएको, ब्यवास्था गरिएको र बार्तामा समेत नबोलाइएको हुदा कोहलपुर नगर शिक्षामा तलाबन्दी गर्नु परेको अनेरास्ववियु बाँके जिल्ला उपाध्यक्ष बिकल भट्टराईले बाँके अपडेट लाई बताएका छन्।
यदि मागहरुको तत्काल सम्बोधन नगरे चरण बद्द आन्दोलन गरिने र लगएको ताला कसैले तोड्न कोसिस गरेमा त्यसको जिम्मेवार समन्धित प्रशासन नै रहने कुरा अनेरास्ववियु बाँके जिल्ला अध्यक्ष दिनेश केसि द्वारा हस्ताक्षरित बिज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला कमिटी अध्यक्ष दिनेश केसि को नेतृत्वमा उपाध्यक्ष बिकल भट्टराई र केन्द्रिय सदस्यहरु : सुमन घिमिरे , टोपराज जैसि , राजेश वलि लगायत जिल्ला कमिटी सदस्यहरुको सहभागीतामा रहेको थियो ।