
५ वैशाख
बाँके अपडेट : बाँकेमा जिल्लामा काेराेना भाइरस काेभिड १९ संक्रमण भयाभक रूपमा फैलिरहेएकाे छ । जिल्लाका बिभिन्न प्रयाेगशालामा भैरहेका नमूना परिक्षणकाे रिपाेर्ट हेर्दा काेभिड १९ संक्रमण समुदाय स्तरमा ह्वात्तै बढेको हामीले प्रस्टै देखेका छौ ।
आइतबार मात्रै भेरी अस्पताल नेपालगञ्जकाे प्रयाेगशालामा ८१ नमूना परिक्षण गर्दा ७५ जनामा काेभिड १९ संक्रमण पुष्टि भएकाे छ । जस अन्तर्गत पोजिटीभिटि रेट ९२.६ प्रतिशत हाे ।
आजपुष्टि भएका संक्रमितहरू ७ वर्ष देखि ८३ वर्ष उमेर समूहका रहेका छन । दिन प्रतिदिन संक्रमितहरूकाे संख्या अस्वभाविक रूपमा वृद्दि भएपछि उपचारमा खटिएका चिकित्सकहरूले चिन्ता व्यक्त गरेका छन ।
भेरी अस्पतालकाे प्रयाेगशालामा आज पुष्टि भएका काेभिड संक्रमितहरू अधिकांश स्वास प्रस्वास सम्बन्धी समस्या ज्वराे वा अन्य लक्षण सहित उपचारका लागि अस्पताल आएका बिरामीहरू रहेका छन् ।
यसरी संक्रमितकाे संख्या बढदै गएपछि समुदायमा काेभिड फैलिएकाे आशंका चिकित्सकहरूले गरेका छन । भेरी अस्पताल नेपालगञ्जले संक्रमणकाे अवस्था समुदायमा कस्ताे छ भनि जान्न समुदाय स्तरबाटै नमूना संकलन गरी परिक्षण गर्न आवश्यक रहेकाे बताउँछन्।
यसका लागि सरकारबाट प्रयाप्त रियाजेन्ट र अन्य आवश्यक सामग्री प्राप्त हुने हाे भने परिक्षणकाे दायरा बढाउन अस्पताल सधैं तयार रहेकाे अस्पतालले जनाएकाे छ ।
भेरी अस्पतालकाे काेराेना विशेष आइसाेलेसन वार्डकाे १०२ बेड र संकास्पद विरामीलाइ राख्ने ४० शैयाकाे प्रि आइसाेलेसन वार्ड गरी जम्मा १४२ बेड भरिइसकेकाे अस्पतालले जनाएकाे छ ।