५ वैशाख

बाँके अपडेट : गए राति शनिबार ८ बजे काठमाडौं टेकुस्थित प्रहरी कार्यालय सुनसान भएको थियो, एउटा ट्याक्सी बत्ती बाल्दै अचानक गेटबाट भित्र छिर्‍यो ।

ट्याक्सीमा सवार व्यक्ति हतास मनस्थितिमा आउँदै गरेको देखेपछि ड्यूटी बसेका अफिसरले रोकेर सोधपुछ गरे । उनले हतार निरास भएर एक वाक्यमा जवाफ फर्काए, ‘मैले भाउजु मारेर आएको हुँ।’ भने पछि ड्यूटीमा बसेका अफिसरमार्फत यो खबर काठमाडौं प्रहरी प्रमुख अशोक सिंहसम्म पुग्यो ।

‘बेलुका ७ः२० तिर बानेश्वरको बुलबुले मार्गमा एक महिलाको हत्या भएको पहिल्यै जानकारी आइसकेको थियो’ प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सिंहले जानकारी दिएका थिय। ‘फेरि बानेश्वरबाट आएको भनेपछि त्यही केशको होला भन्ने थाहा भयो ।’

सोधपुछका क्रममा उनी ४८ वर्षीय मोहनराज भण्डारी भएको खुलेको सिंहले बताए । उनले भाउजु ४८ वर्षीया रोश्निराज भण्डारीको हत्या गरेर आएको समेत बयान दिएको सिंहले सुनाए ।

बानेश्वर प्रहरीले खोजिरहँदा टेकुमा आत्मसमर्पण गरेर प्रहरी वृत्त बानेश्वरका प्रमुख दक्षबहादुर बस्नेत चाहिँ हत्याबारे सूचना पाएलगत्तै आफूहरु मुचुल्का गरेर देवर भण्डारीको खोजीमा जुटिसकेको बताउँछन् ।

‘उनको खोजी गरिरहेका वेला आफैं टेकु पुगेको खबर आयो’, बस्नेतले जानकारी दिएका हुन्, ‘लामो समयदेखि दुईजनाबीच विवाद भइरहेको थाहा पाएपछि उनको खोजी गरेका थियौं ।’

प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका भण्डारीले भाउजु पसलमा तरकारी लिन गएर फर्किँदा फलामको रड (खन्ती) ले हिर्काएका थिए । घटना भएलत्तगै रोश्नीलाई उपचारका लागि ट्रमा सेन्टर लगिएको थियो । तर, केहिवेरमै चिकित्सकहरुले मृत घोषणा गरे ।

पक्राउ परेका मोहनलाई अहिले प्रहरी वृत्त बानेश्वरको हिरासतमा राखिएको छ । ‘ज्यान मुद्दामा म्याद थप गरेर विस्तृत अनुसन्धान गर्छौं’, डीएसपी बस्नेतले बताएका छन्।

प्रतिक्रिया

सम्बन्धित ख