
बैशाख-४, बाँके
कोहलपुर चौराहमा चक्काजाम भएको छ । हिजो भएको कोहलपुर दुर्घटनामा परेका ब्याक्तीका आफन्तजनले कोहलपुर चौराह साझा ७:३० बजे बाट बन्द गरेका हुन ।
दुर्घटनामा ज्यान गुमाएका ब्यक्तिहरुले र घाइतेहरुले उचित न्याय पाउन पर्ने र बस समिती हालसम्म बार्तामा नआएकाले तुरुन्त बार्तामा आउनु पर्ने भन्दै सडकमा उत्रिएर बन्द गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सुबराज बमले जनकारी दिएका छन ।
समाचार तयार पर्दा सम्म बन्द नै रहेको अबस्था छ ।