
४ वैशाख
बाँके अपडेट : पछिल्लो समयमा कोरोना संक्रमित ह्वात्तै बढेसँगै आइसियु र भेन्टिलेटरमा पुग्ने संक्रमितको संख्या निकै बढेको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पछिल्लो विवरण अनुसार हाल देशभर ४५ जना संक्रमित भेन्टिलेटरमा र ९४ जना संक्रमित आइसियुमा उपचाररत रहेका छन।
मन्त्रालयको विवरण अनुसार हाल प्रदेश एकमा २ जना संक्रमित आइसियुमा, प्रदेश दुईमा ७ जना आइसियुमा, बाग्मती प्रदेशमा ४४ जना आइसियुमा र २६ जना भेन्टिलेटरमा, गण्डकी प्रदेशमा ३ जना आइसियुमा र १ जना भेन्टिलेटरमा, लुम्बिनी प्रदेशमा ३० जना आइसियुमा र १४ जना भेन्टिलेटरमा, कर्णाली प्रदेशमा ५ जना आइसियुमा र १ जना भेन्टिलेटरमा र सुदूरपश्चिम प्रदेशमा ३ जना आइसियुमा र ३ जना भेन्टिलेटरमा उपचार रहेको मन्त्रालयले बताएको छ। सबै कुल संख्या आईसियुमा :- ९४ र भेन्टिलेटरमा :- ४५ रहेको जानकारी छ।