३ वैशाख

बाँके अपडेट : हावाहुरीसँगै परेको चट्याङका कारण दुईजनाको मृत्यु भएको छ । बिहिबार राति परेको चट्याङका कारण एकजना घाइते भएका छन् ।
बाग्लुङको ताराखोला गाउँपालिका–२ सिले बस्ने ४५ वर्षीय खिमलाल कँडेलको मृत्यु भएको छ । त्यस्तै, स्याङ्जाको फेदीखोला–५ बायाँ फड्के बस्ने ३९ वर्षीय ईश्वरी लामिछानेको पनि मृत्यु भएको गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) मोहन पोखरेलले बाँके अपडेटलाई बताएका छन्।

बाग्लुङको ताराखोला गाउँपालिका–३ रातमाटा घर भएकी ४५ वर्षीय कृष्ण कुमारी कार्की घाइते भएकी छिन् । उनको अवस्था सामान्य रहेको छ ।

गोठमा भैंसी दुहुन जाँदै गर्दा चट्याङले खिमलालको मृत्यु भएको हो । चट्याङको झड्का लागेर घाइते भएकी ईश्वरीको गण्डकी अस्पताल पोखरामा उपचारको क्रममा मृत्यु भएको बताइएको छ ।

चट्याङ लागेर पर्वतको जलजला–८ लुप्राङमा १ भैसी, १ गोरु र दुईवटा बाख्रा मरेका भन्ने खबर हामीले जानकारी पाएका छौ।

प्रतिक्रिया

सम्बन्धित ख