
२ वैशाख
बाँके अपडेट : छिमेकी देश भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का दुई लाख ७३९ जना संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा भारतमा एक हजार ३८ जनाको मृत्यु भएको छ, भने योसँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ४० लाख नाघेको बताएका छन्। त्यस्तै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या पनि एक लाख ७३ हजार १२३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा भेटिएका नयाँ संक्रमितमध्ये ५८ हजारभन्दा बढी महाराष्ट्रमा छन् । यस्तै उत्तर प्रदेशमा २० हजारभन्दा बढीमा संक्रमण देखिएको छ भने दिल्लीमा १७ हजार संक्रमित थपिएका छन् । छत्तीसगढमा पनि १४ हजारभन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएको सूचना केन्द्रका एजेन्सीले बताएका छन्।
कोरोना संक्रमण बढेसँगै महाराष्ट्र, गुजरात तथा दिल्लीका अस्पतालहरुमा बिरामीको चाप निकै बढेको पाइन्छ । बिरामीको चाप बढेसँगै केही अस्पतालमा पर्याप्त मात्रामा अक्सिजन तथा बेडको अभाव देखिन थालेको छ । सरकारले भने आफ्नो पूर्ण क्षमताअनुसारको अक्सिजन खरिद गरिरहेको र पछिल्ला दिनमा उत्पादन क्षमता पनि बढाइएको दाबी गरेको छ ।