२ वैशाख

बाँके अपडेट : कोरोना संक्रमणका कारण मोरङ र बाँकेमा गरि थप दुई जनाको मृत्यु भएको छ ।
विराटनगरस्थित कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा उपचाररत कोरोना भाइरस संक्रमित एक महिलाको मृत्यु भएको हो।

विराटनगर महानगरपालिका–४, बरगाछीकी ४६ वर्षीया महिलाको आज बिहान साढे चार बजेतिर मृत्यु भएको थियो। अस्पतालका संयोजक एपोलो भगतका अनुसार महिलालाई कोरोना संक्रमण पुष्टि भएपछि उपचारका क्रममा मृत्यु भएको उनले बताएका छन्।

यस्तै गरि कोरोना भाइरसबाट संक्रमित भएका बाँकेको खजुराका ४२ वर्षीय पुरुषको नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा नै गए राति मृत्यु भएको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीले बाँके अपडेटलाई बताएका छन्। वलीका अनुसार उनलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित ख